फिल्म ‘न यता न उता’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – फिल्म ‘न यता न उता’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

उक्त फिल्मले पटक पटक प्रदर्शन मिति सार्दै आएको थियो। अब भने फिल्मले आफ्नो प्रर्दशन मिति फाइनल गरेको छ । फिल्म आगामी श्रावण १७ गतेबाट प्रदर्शनमा आउने छ।

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘न यता न उता’ त्रन्त्रालय फिल्मस् र हाइलटाइ नेपालको ब्यानरमा निर्माण भएको हो।

ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ।

फिल्ममा ऋचा शर्मा, राजाराम पौडेल, कमलमणी नेपाल,नम्रता सापकोटा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, रबिन्द्र झा, सिल्सा जिरेल, लुभिना तुलाधर,जयनन्द लामा,राजन खतिवडा लगायतको मुख्य भुमिका रहेको छ ।

फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्ममा अभिमन्यु निरबीको पटकथा तथा संवाद रहेको छ भने मिलन जलान र राजन इशानको संगीत रहेको छ ।

विक्रम स्वारको कोरियोग्राफी रहेको फिल्ममा विपिन मल्लको सम्पादन र अरोन अशोक कुमारको छायांकन रहेको छ ।

 

Got Something To Say: