मुख्य कलाकार दयाहाङ राई रहेका फिल्म ‘बिहे पास’ ले अफिसिएल पोस्टर सार्वजनिक

काठमाडौँ –  महा शिवरात्रिको अवसर पारेर फिल्म ‘बिहे पास’ ले अफिसिएल पोस्टर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनिक तीन पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपाने देखिएका छन् ।

प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्दैछ ।

शिव ढकालले खिचेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ । डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रवेश मल्लिकको संगीत छ भने रामजी लामिछानेको कोरियोग्राफी, शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र संवाद भने आकाश र सजनले तयार पारेका हुन् ।

Got Something To Say: