सञ्चारकर्मी रामजी ज्ञवालीको निर्देशनमा ‘एक लभर’ सार्वजनिक (भिडियाे)

काठमाडाैं- लभ स्टोरीमा आधारित चलचित्र ‘एक लभर’ सार्वजनिक ‘राम्रो इन्टरटेण्टमेन्ट’को ब्यानरमा निर्माण गरिएको सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ ।

लामो समयको प्रतीक्षापछि प्रदर्शन भएको यो चलचित्र नेपालको वर्तमान सामाजिक परिघटनामा मध्यनजर गरेर तयार पारिएको हो । नेपालका युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको विषयलाई फिल्मले उठान गरेको छ । फिल्ममा रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निमार्ण रहेकाे छ ।

प्रेम, बिछोड, रोदनकाे मिश्रणमा तयार गरिएकाे फिल्मले सामाजिक कथा बस्तुलाइ उठान गरेकाे छ ।

एक महिनाको लामो समयमा खिचिएको चलचित्र त्यसको ३ महिना पछि वर्ल्ड प्रिमियर गरिएको हो । निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, लकडाउन, को हौ तिमी, ट्रस्ट, आइ एम सरी, ह्युमानिटी लगायतका चलचित्र सार्वजनिक गरिसकेका छन् । निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयार चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ।

राम्रो इन्टरटेनमेन्टको सह निर्माता रहेको चलचित्रका प्रमुख सहायक निर्देशक आर्यन अधिकारी हुन् । सन्दिप रसाइलीको म्युजिक तथा लिरिक्स रहेको गीतमा असिम केसीको स्वर रहेको छ । एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, बसन्त घर्ती मगरको भिएफएक्स, नगीना श्रेष्ठको मेकअप रहेको चलचित्र वाइड क्यानभास फिल्मस् प्रोडक्सनले काम गरेको हो । चलचित्रको पोस्टर डिजाइनर विजय बस्याल हुन् । राजेन्द्र मोक्तान कलरिस्ट रहेको चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् भने शाहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

भिडियाे

Got Something To Say: