अर्को दसैंमा रिलिज हुनेगरी अशोक शर्माद्वारा ‘अल्लारे- २’ घोषणा

काठमाडाैं- २२ वर्ष अगाडिको हिट फिल्म ‘अल्लारे’ माथि निर्माता एवं निर्देशक अशोक शर्माले सिक्‍वेल निर्माण गर्ने भएका छन्।

निर्देशक शर्माले शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रातो टीका निधारमा’को अन्तिममा ‘आगामी प्रस्तुती अल्लारे २ दशैं २०७७’ भन्ने ब्यानर देखाउँद नयाँ फिल्मको घोषणा गरेका हुन्।

पुरानो फिल्म ‘अल्लारे’मा राजेश हमाल, करिश्मा मानन्धर, अशोक शर्मा स्वयंलेले अभिनय गरेका थिए। अब उनै शर्माले ‘अल्लारे २’ निर्माणको घोषणा गरेका हुन्।

शर्माको अब बन्ने फिल्मलाई निर्देशन गर्ने छिन् शर्माकै छोरी कृती शर्माले। अहिले कृती खगेन्द्र लामिछानेको ‘पानी फोटो’मा सहायक निर्देशकका रुपमा काम गरिरहेकी छन्। उनी अमेरिकामा रहेर फिल्म मेकिङमा ब्याचलर सकेर नेपाल फर्किएकी हुन्।

शर्माले ‘अल्लारे २’का लागि कलाकारहरूका बारेमा भने केही खुलाएका छैनन्।

Got Something To Say: