पैसा छरेर फरार २ महिला पक्राउ

जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उनिहरु नातामा भाउजु र नन्द हुन् । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ ।

ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो ।

सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

Got Something To Say: