एटिएम मेसिन फोडेर पैसा निकाल्न खोज्ने पक्राउ
काठमाडौँ- राजधानीमा सोमबार एटिएम मेसिन फोडेर पैसा निकाल्न खोज्ने एकजना पक्राउ परेका छन् ।
नागार्जुन नगरपालिका-२ स्थित सानो भर्याङमा रहेको एनआइसी एसिया बैंकको एटिएम फोडेर पैसा निकाल्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
दिउँसो २ बजेर १५ मिनेटको समयमा एटिएमभित्र छिरेर फोडिरहेको समयमा बैतडीका २८ वर्षीय कमलबहादुर धानुक पक्राउ परेका हुन् । उनी माछापोखरीमा बस्दै आएका थिए ।
प्रहरीले धानुकको साथबाट एउटा पाइप रेन्ची, एउटा हथौडा र एउटा पिलास बरामद गरेको छ ।
Got Something To Say:
You must be logged in to post a comment.