अष्ट्रेलियामा लागेकाे आगालागी कारण भएकाे क्षतिप्रति नेपालद्धारा दुख व्यक्त

काठमाडौं –  अष्ट्रेलियामा आगालागीले  जनधनको क्षति पुर्याएपछि नेपालले सोमबार दुःख व्यक्त गरेको छ। परराष्ट्रमन्त्रालयका अनुसार सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार आफ्ना अष्ट्रेलियन सकमक्षकी मराइज प्यानलाई समवेदना पत्र पठाएका छन्।

पत्रमा मन्त्री ज्ञवालीले आगलागीका कारण अष्ट्रेलियामा करोडौं पशुपंक्षी तथा केही मानिसहरुको मृत्यु भएको र व्यापक सम्पत्तिको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले यो विपत्तले पुर्याएको क्षतिबाट अष्ट्रेलियाका जनता तथा सरकारलाई पर्न गएको पीडामा नेपाल पनि दुःखी भएको उनले बताएका छन्।

अष्ट्रेलिया सरकार तथा जनतालाई यो विपत्तसँग लड्ने शक्ति मिलोस भन्ने कामनासमेत गर्दै मन्त्री ज्ञवालीले आगलागीले पुर्याएको क्षति परिपूर्ति गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।

 

Got Something To Say: