१० करोड क्षतिपूर्ति माग गर्दै साम्राज्ञीविरूद्ध भुवन केसी पुगे अदालत

काठमाडौं– अभिनेता भुवन केसी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अदालत पुगेका छन्। उनले शुक्रबार शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन्। भुवनले १० करोड रूपैयाँ क्षतिपूर्ति माग गरेका छन्। साम्राज्ञीले आफ्नो छवीमा आँच पुर्‍याएको र त्यसको क्षतिपूर्तिका लागि रकम भराउनुपर्ने उनको दाबी छ।

यसअघि चलचित्र कलाकार संघमा निवेदन दिएका भुवन अन्ततः न्यायालय पुगेका हुन्। शाहले केही हप्तादेखि लगातार युट्युब‚ इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा मनगढन्ते कुरा गर्दै आफ्नो चरित्रहत्या गरेको भुवनकाे दाबी छ।

 

Got Something To Say: