विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित

काठमाडाैं- विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन्। पाण्डे यसअघि पार्टीको प्रवक्ताको जिम्मेवारीमा थिए।

अध्यक्षमा विजयी भएका पाण्डेले ५८ प्रतिशत मत प्राप्त गरेका छन्। ५ प्रतिशत नो भोट परेको छ। अध्यक्षमा शिवप्रसाद थापा उपविजेता भएका छन्।

दलको महासचिवमा निर्देश सिलवाल निर्वाचित भएका छन्। र, नीति सचिवमा सञ्जीव भट्टराई निर्वा्चित भएका छन्।

उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव आज हुने दलकी नेतृ रञ्जु दर्शनाले जानकारी दिइन्। पार्टीको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ गते जनकपुरमा हुनेछ।

Got Something To Say: