‘बीचबीचमा’ लाई प्यारोडीमा ‘छ माया छपक्कै’ को प्रमोसनल गीत

काठमाडौं – तीजको अवसरमा दुर्गेश थापाले बजारमा ल्याएर एकाएक भाइरल भएको गीत ‘बीचबीचमा’ लाई प्यारोडी बनाउँदै प्रमोसनल गीतका रुपमा सार्वजनिक गरिएको छ ।

चलचित्र ‘छ माया छपक्कै’ को शीर्ष कलाकारको अभिनय देख्न सकिने यो गीतमा फिल्ममा प्रचार गरिएको छ । गीतमा केकी अधिकारी र दीपकराज गिरीको प्रेम प्रसङ्ग पनि जोडिएको छ।

गीतमा उही पूरै लयमा ‘छ माया छपक्कै फिल्म हेर्न जाऊ’ भन्दै फिल्मको प्रचार गरिएको छ।

दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

पहिले दशैँअघि नै रिलिज हुने भनिए पनि यो चलचित्र आउँदो असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Got Something To Say: