बिराज भट्टको नयाँ फिल्म ‘साङ्लो’को पोष्टर सार्वजनिक

काठमाडाैं- अभिनेता बिराज भट्टको नयाँ फिल्म ‘साङ्लो’को पोष्टर सार्वजनिक गरिएको छ।

पोष्टरमा अभिनेता भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।

एक्सन तथा प्रेम कथामा आधारित फिल्ममा अभिनेता भट्ट मुख्य भूमिकामा छन्। बिराजका साथमा छिन् पूर्व मिस नेपाल तथा नव–अभिनेत्री निकिता चण्डक।

सार्वजनिक पोस्टरमा भने विराज बाहेक फिल्मका अन्य पात्रलाई स्थान दिइएको छैन। तेजबहादुर खड्काको लगानी तथा शिवम् अधिकारीको लेखन, तथामा बनेको फिल्ममा बिराज र निकिताका साथमा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पी पन्त, अमित गिरीलगायतको अभिनय छ।

आँउदो फागुन ९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्ममा भोजपुर र हिन्दि भाषामा समेत सार्वजनिक गर्ने निमार्ण युनिटको तयारी छ।

फिल्मलाई विराज भट्ट स्वयंमले निर्देशन गरेका हुन्।

 

Got Something To Say: