भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको अफगानिस्तानसँगको खेलमा आईसीसीको नियम उलंघन गरेपछि कोहलीलाई कारबाही गरिएको हो ।

आईसीसीको लेभल १ को धारा २.१ नियम उलंघन गरेको आईसीसीले जनाएको छ ।

कोहलीले अफगानिस्तानविरुद्ध धेरै पटक आउटको अपील गरेको कारण उनलाई कारबाही गरिएको हो ।

खेलपछि म्याच रेफ्री क्रिस बोर्ड र अम्पाएर प्यानलले स्वीकृत गरेको कारबाही कोहलीले स्वीकार गरेका थिए । कारबाहीस्वरुप कोहलीलाई म्याच फि को २५ प्रतिशत जरिवाना गरिएको छ ।

Got Something To Say: