फिल्म ‘वीर विक्रम २’को अब हिन्दी भर्सनमा

काठमाडाैं- करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो। कोरोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय यूट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ।

फिल्मका निर्देशक मिलन चाम्स हुन्। निर्देशक चाम्सले नै फिल्म हिन्दी डबिङ गरेर सार्वजनिक गर्न लागेको जानकारी दिए। ‘फिल्म हलमा नै प्रदर्शन गर्ने भनेर फिल्मको हिन्दी डबिङ गरेका थियौं। तर, कोरोनाको कारण सो सम्भव हुन सकेन । अब यूट्युबमै रिलिज गर्छाै’ निर्देशक चाम्सले भने।

फिल्ममा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ।

Got Something To Say: