मेस्सीको एक गोलले अर्जेन्टिनाद्धारा ब्राजील पराजीत

काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जे्न्टिनाले ब्राजिललाई पराजित गरेको छ । शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जे्न्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो ।
ब्राजिलको मैदानमा अर्जे्न्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।
मेस्सीले खेलको १४ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले पेनाल्टीको रिबाउन्ड बलमा गोल गरेका थिए ।
सुरुवातमा मेस्सीको पेनाल्टी प्रहार ब्राजिलियन किपर एलिसन बेकरले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई मेस्सीले जाली चुमाएका थिए ।

Got Something To Say: