चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौं- पुष २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको चलचित्रको ट्रेलर काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । ‘चपली हाइट’को तेस्रो सिरिजको ट्रेलरले मुख्यतः चलचित्रको कथावस्तु के हो भन्ने चीजको स्थापना गर्छ ।

सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अर्पण थापा र आमिर गौतमका गतिविधिलाई चित्रण गरिएको छ । मुख्यतः हत्या घटनामा आरोपित तीनजना फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चालेको अप्रेसनको वरिपरी सिनेमाको कथा घुमेको बुझ्न सकिन्छ ।

सिनेमामा दीपाश्री निरौला प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन् । अर्पणलाई सिनेमामा सिरियल किलरको रुपमा चित्रण गर्न खोजिएको देखिन्छ । अर्जुन कुमारको निर्माण रहेको २ मिनेट ३६ सेकेन्ड लामो सिनेमाको ट्रेलर साइकोलजिकल थ्रीलर रुचाउने दर्शकलाई मन पर्न सक्छ ।

‘चपली हाइट’को तेस्रो सिरिजमा स्वस्तिमाका अलवा सुपुष्पा भट्ट कँडेल, आमिर गौतम, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुस्मा निरौलाको मुख्य अभिनय छ ।

ट्रेलर

Got Something To Say: