निजामती सेवाका कर्मचारीको संख्यामा कटौती हुँदै

काठमाडौं – निजामती सेवाका कर्मचारीको संख्या कटौती हुने भएको छ ।  सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेसँगै कर्मचारीको संख्यामा कमी आउने भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनु भएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानी अनुसार प्रतिफल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पार्नुभएको हो।
मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ।

उहाँले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि समेत कार्यक्रममा प्रश्तुत गर्नु भएको हो ।

निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रूपमा लिनु पर्ने मन्त्री पण्डितको भनाई थियो।

Got Something To Say: