२०७८ काे भदाैमा नयाँ फिल्म ‘चिसो मान्छे’

काठमाडाैं- ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता चलचित्र निर्देशन गरेर चर्चामा रहेका निर्देशक दीपेन्द्र के खनाल अहिले २ वटा चलचित्रको तयारीमा छन् । उनको निर्देशनमा ‘चिसो मान्छे’ र ‘लकडाउन’ बन्दै छन् । अहिले दुवै चलचित्रको स्क्रिप्टकाे काम भइरहेको छ ।

निर्देशक खनालले ‘चिसो मान्छे’ पहिला निर्माण हुने बताएका छन् । त्यति मात्र होइन, उनले त चलचित्रको रिलिज मितिसमेत पक्का गरिसकेका छन् । छायाङ्कन नै सुरु नभएको ‘चिसो मान्छे’लाई ११ भदाै २०७८ मा रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ ।

निर्देशक खनालका अनुसार ‘चिसो मान्छे’ समसामयिक विषयमा बन्न लागेको चलचित्र हो । यस चलचित्रमा अहिलेको समयका मान्छेहरूको व्यवहारलाई प्रस्तुत गरिनेछ । खनालले भने, ‘पहिला मान्छेहरू हरेक कुरामा साझेदारी गर्थे । अहिलेका मान्छेहरू त्यस्ता छैनन् । लोभी भएका छन् । हो, उनीहरूकै कथा हो चिसो मान्छे ।’

कोरोनाको अवस्था सामान्य हुनासाथ छायाङ्कन सुरु गरिने यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछन् । चलचित्रका लागि कलाकारको भने छनोट भइसकेको छैन ।

Got Something To Say: