हुण्डाईसँग मिलेर विद्युतीय कार बनाउने तयारीमा एप्पल इंक
काठमाडौं- अमेरिकाको स्मार्ट फोन निर्माता कम्पनी एप्पल इंकले दक्षिण कोरियाको कार निर्माता कम्पनी हुण्डाईसँग मिलेर विद्युतीय कार बनाउने तयारी थालेको छ।
दुई कम्पनीले यही वर्षको मार्चसम्ममा सम्झौता गर्ने तयारी गरिरहेको बताइएको छ। सम्झौतापछि दुवै कम्पनीले आगामी २०२४ सम्म विद्युतीय कार उत्पादन गर्ने तयारीमा लागेका हुन्।
कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेअनुसार हुण्डाई आफैंले अमेरिकाको प्रविधि कम्पनी एप्पलसँग छलफल अगाडि बढाएको हो।
यी दुई कम्पनीले आगामी ६ वर्ष अर्थात् २०२७ सम्ममा बिनाचालक चल्ने सक्ने विद्युतीय कार बनाउने योजना बनाएका छन्।
Got Something To Say:
You must be logged in to post a comment.