भारतमा कोरोना भयावह, एकैदिन लाख बढी संक्रमित
एजेन्सी- भारतमा कोरोना भाइरसले विस्फोटक रुप लिँदै गएको छ। त्यहाँ दिनदिनै संक्रमितहरुको नयाँ रेकर्ड बन्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टाभित्र ४ लाख १ हजार ९११ जना नयाँ संक्रमित थपिएका छन्।
कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहँदा भारतको स्वास्थ्य प्रणाली नै ध्वस्त हुने अवस्थामा पुगेको छ। देशमा संक्रमितको आँकडा शुक्रवार पहिलो पटक चार लाखमाथि पुगेको हो।
४ लाखभन्दा धेरै नयाँ संक्रमित भेटिँदा भारतमा ३५ सय २१ जनाले ज्यान गुमाएका छन्। तर एउटा राम्रो समाचार भनेको त्यहाँ एकै दिन अहिलेसम्मकै धेरै २ लाख ९८ हजार ९५१ संक्रमितले कोरोना जितेका छन्।
भारतमा केबल १० दिनमै नयाँ संक्रमितको आँकडा चार लाख माथि पुगेको हो। देशभरिमा संक्रमणको गतिको कुरा गर्दा १० दिनमै संक्रमितको आँकडा दैनिक ३ लाखदेखि चार लाखमाथि पुगेको हो।
यसअघि २१ अप्रिलदेखि दैनिक ३ लाखभन्दा धेरै संक्रमित थपिन थालेका थिए। २१ अप्रिलमा ३ लाख १५ हजार संक्रमित भेटिएका थिए।
त्यसपछि २२ अप्रिलमा ३ लाख ३२ हजार, २३ अप्रिलमा ३ लाख ४५ हजार, २४ अप्रिलमा ३ लाख ४८ हजार, २५ अप्रिलमा ३ लाख ५४ हजार, २६ अप्रिलमा घटेर ३ लाख १९, २७ अप्रिलमा बढेर ३ लाख ६२ हजार, २८ अप्रिलमा ३ लाख ७९ हजार, २९ अप्रिलमा ३ लाख ८६ हजार र ३० अप्रिलमा सबैभन्दा धेरै ४ लाख १ हजार नयाँ संक्रमित भेटिएका हुन्।
Got Something To Say:
You must be logged in to post a comment.