पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६४७ संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५११ ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना गरी जम्मा ६४७ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ।

पहिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ९४९ होम आइसोलेसनमा छन् भने ९ हजार १९३ जना संस्थागत आइसोलेसनमा छन्।

हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको छ। हाल ७ हजार १७१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ८२३  निको भएका छन्। योसँगै हालसम्म ४८ हजार ६१ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत छ।

नेपालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय २९ पुगेको छ।

Got Something To Say: