बसन्त र सपनाको स्वरमा नयाँ गीत ‘देवीलाई रातो धजा छ’ सार्वजनिक

काठमाडौं- गायक बसन्त थापा र सपना थापाको स्वरमा नयाँ गीत ‘देवीलाई रातो धजा छ’ सार्वजनिक गरिएको छ।

बिजया दशमीको पुर्व सन्ध्यामा उक्त गीत सार्वजनिक गरिएको हो। एक नारायण भण्डारीको शब्द तथा संगीतमा रहेको गीतमा सुनिल क्षेत्रि र माला लिम्बुका साथमा साथीहरूको अभिनय देख्न सकिन्छ।

मोडल सुनिल क्षेत्रीकै कोेरियो ग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेकाहुन् भने भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ। सार्वजनिक गीतको भिडियो दर्शकका लागि निकै आर्कषक ढंगबाट तयार गरिएको छ।

नेपाली बजारमा उत्कृष्ट गीत संगीत पस्कदै आएका एक नरायणको ‘देवीलाई रातो धजा छ’ बोल गीत पनि एक उत्कृष्ट सांगीतिक कोशेली मान्न सकिन्छ।

यस्तो छ नयाँ गीत

Got Something To Say: