‘अमेरिकन आइडल’को टप ७ मा दिवेश अर्थात् ‘आर्थर गन’

काठमाडाैं- ‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली गायक दिवेश पोखरेल अर्थात आर्थर गन टप ७ मा स्थान बनाउन सफल भएका छन्। उनी, गतबर्षको संकरणमा फस्ट रनरअप भएका थिए।

अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका थिए। उनले ‘आइरिस’ बोलको गीत गाएका थिए। उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए।

भोटिङका लागि २ साता समय राख्दै अप्रिल २६ सम्म समय तोकिएको थियो। भोटिङबाट अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जनालाई उछिन्दै दिवेशले उत्कृष्ट १० मा स्थान बनाएका थिए। अघिल्लो बर्ष प्रतिस्पर्धा गरेका १० जना मध्ये सर्वाधिक भोट ल्याउने एक जना प्रतिस्पर्धी अगाडि बढ्ने नियम ‘अमेरिकन आइडल’को निर्माण टिमले बनाएको थियो।

आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा ३ जना बाहिरिएपछि दिवेश उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएका हुन्। आर्थरले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै विश्वकै चर्चित रियालिटी शोको मञ्चमा फेरि पनि प्रस्तुति दिन पाउँछु भनेर नसोचेको प्रतिक्रिया दिएका छन्।

Got Something To Say: