एफए फए कप फुटबलमा एभर्टनविरुद्ध टोटेनहम स्तब्ध
एजेन्सी- एभर्टन एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा एभर्टनले टोटेनहमलाई ५–४ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
एभर्टनको जितमा रिचार्लिसनले दुई गोल गरे। त्यस्तै, डोमिनिक काल्भर्ट लेविन, गिल्फी सिगुरसन र बेर्नार्डले गोल गरे। टोटेनहमका डेभिन्सन सान्चेजले दुई, एरिक लमेला र ह्यारी केनले गोल गरे। खेलको तेस्रो मिनेटमा नै डेभिन्सन सान्चेजले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। तर खेलको ३६ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरी दिलाए।
खेलको ३८ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई २–१ गोलको अग्रता दिलाए। ४३ औं मिनेटमा गिल्फी सिगुरसनले गोल गरेपछि एर्भटनको अग्रता ३–१ गोलमा पुगेको थियो। पहिलो हाफको अन्तिमा समयमा एरिक लमेलाले गोल गर्दै टोटेनहमलाई ३–२ को स्थितिमा ल्याए। पहिलो हाफसम्म ३–२ गोलको अग्रता बनाएको एभर्टनले खेलको ५७ औं मिनेटमा गोल खायो। टोटेनहमका डेभिन्सन सान्चेजले गोल गर्दै ३–३ को अवस्थामा खेल पुर्याए।
बुधबार राति नै भएको खेलमा ब्रिस्टल सिटीलाई १–० गोलअन्तरले पराजित गर्दै शेफिल्ड युनाइटेड पनि एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
Got Something To Say:
You must be logged in to post a comment.