विश्वकप छनोटमा ब्राजिलकाे अपराजित यात्रा कायमै

फिफा विश्वकप छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो । ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए । छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो । ब्राजिल ६ खेलमा १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Got Something To Say: