असार २९ बाट प्रदर्शनको तयारीमा सरोज खनालकाे चलिचत्र ‘बगान’

काठमाडौँ – अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो ।  सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ  । अभिनेता आकाश श्रेष्ठ फिल्मको अथिति भूमिकामा छन् ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ।

विधवा आमाको पनि विवाह गर्नुपर्छ भन्ने बिषय केन्द्रमा राखेर तयार फिल्मले समाजमा नयाँ बहस सृजना गर्न सक्ने निर्देशक खनाल बताउछन् ।

Got Something To Say: