ट्रेलरमा हेर्नुहाेस् चलिचत्र ‘गणपति’

काठमाडाैं- कलाकार मुकुन भुसाल र मेनुका प्रधानको मुख्य भूमिका रहेकाे चलिचत्र ‘गणपति’को ट्रेलर सार्वजनिक गरिएकाे छ ।

मानवकाे जन्म, बाल्य अवस्था र युवावस्थामा आउने उतारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

नि:सन्तान दम्पतीलाई भगवान गणेशजस्तो स्वरुपको पुत्रलाभ भएपछि आइपर्ने विविध परिस्थितिको कथा ट्रेलरमा देख्न सकिन्छ । आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई सविन अधिकारीले निर्देशन गरेका हुन् ।

‘गणपति’मा निर्देशनसँगै लेखन पनि अधिकारीकै छ । चलचित्रमा मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, सुशील पोखरेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना, टीकाभक्त जिरेल लगायतले अभिनय रहेको छ ।

ट्रेलर

Got Something To Say: