फिल्म ‘गुलाबी’मा यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नाजिर

काठमाडौँ -अभिनेता नाजिर हुसेनको नयाँ फिल्म ‘गुलाबी’को लुक सार्वजनिक भएको छ ।

हालै सार्वजनिक चरित्र तस्बिरले उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पात्रको रुपमा देखिने खुलाएको छ ।  समुन्द्र भट्टको निर्देशनमा तयार भएको यस फिल्ममा नाजिर गुलाबीको भूमिकामा देखिँदैछन् । सामाजिक सञ्जालमा नयाँ चरित्रको तस्बिर सार्वजनिक गर्दै नाजिरले फिल्म ‘गुलाबी’ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुका  अनुभवहरु बटुलेर बनाइएको उल्लेख गरेका छन् ।

‘गुलाबीजस्तो महत्त्वपूर्ण फिल्मका लागि मलाई रोजेकोमा म एकदमै खुशी छु,’ नाजिरले भने । फिल्मकी निर्देशक समुन्द्रले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुको वास्तविकता थाहा गर्न दुई वर्ष निरन्तर उनीहरुसँग बिताइन् । उनीहरुका जीवन कथा सुनिन् । ‘मलाई लाग्छ, मेरो कामले आफूभित्रको सत्यतालाई स्वीकारेर बाँच्ने प्रयास गरेको यो समुदायप्रति मेरो गहिरो सम्मान प्रकट गर्नेछ,’ उनले भनेकी छन् । नाजिर लामो समयपछि ‘गुलाबी’मार्फत ठूलो पर्दामा देखिँदैछन् ।

यो पनि पढ्नुहोस्

Got Something To Say: