‘कबड्डी ३’को ३ दिनमा ४ करोड ३२ लाख बराबरको व्यापार

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मले रिलिजको ३ दिनमा ४ करोड ३२ लाख बराबरको व्यापार गरेको हो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनेता दयाहाङ राई,अभिनेत्री उपासना सिंह ठकुरी, कर्मा शाख्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।  फिल्मले मल्टिप्लेक्स र सिंगल थिएटरमा आइतबार पनि उत्साहजनक व्यापार गरेको छ ।

वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा ३ करोड २५ लाख रुपैयाँ कमाइ गरेको थियो भने आइतबार मात्र १ करोड ७ लाखको व्यापार गरेको हो ।

समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको ‘कबड्डी ३’ कमेडी जानरामा निर्माण भएको छ । फिल्मको स्किृप्टमा निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग साझेदारी गरेका छन् ।

Got Something To Say: