आगामी शिवरात्रिमा प्रदर्शनकाे तयारीमा चलचित्र ‘काँडेतार’

काठमाडाैं- निर्माता तथा निर्देशक नवल खड्काले आइतबार फिल्म ‘काँडेतार’को प्रदर्शन मिति घोषणा गरेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले फागुन २५ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् ।

नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने सन्देश दिने यो फिल्मलाई खड्काले नै निर्माण तथा निर्देशन गरेका हुन् । सार्वजनिक पोस्टरमा उनलाई खुकुरी लिएर उभिएको अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमिमा काँडेतारको बार लगाएको दृश्य देख्न सकिन्छ ।

सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोकिदिएपछि चर्चित बनेको यो फिल्मलाई त्यसपछि केही दृश्य हटाएपछि सेन्सर पास भएको थियो । प्रदर्शन मिति घोषणा गर्दै खड्काले यो फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् ।

Got Something To Say: