विदेशमा प्रर्दशन सुरु गर्दै फिल्म ‘मारुनी’

काठमाडौं – नेपाली कथानक फिल्म ‘मारुनी’ विदेशमा पनि प्रर्दशन हुने भएको छ ।
निर्देशक नवल नेपालद्धारा निर्देशित फिल्म ‘मारुनी’ नेपालमा समिक्षात्म तथा व्यापारिक रुपले सफल भएपछि अन्य देशमा पनि प्रर्दशनमा जाने भएको बताइएको छ । फिल्म सर्वप्रथम जापानबाट प्रर्दशन सुरु हुने र अन्य देशमा पनि प्रर्दशन हुने जानकारी दिइएको छ ।
आगामी नोभेम्बर ३० बाट जापनमा फिल्मको पहिलो शो गरिने फिल्मकी निर्मात्री पुनम गौतमले बताएकी छन् । उनका अनुसार ३० तारिखमा जापानको नागोयामा डिसेम्बर ७ तारिखमा ओसामा, त्यसपछि जापानको राजधानी टोकियोमा प्रर्दशन हुने छ ।
हाल जापानमा रहेको फिल्म प्रर्दशन आयोजक शर्मिला डंगोल र विनोदकुमार सापकोटा प्रर्दशनको तयारीमा जुटेका छन् । यता फिल्मका मुख्य कलाकार पुष्प खड्का र निर्मात्री गौतम जापान जाने तयारीमा छन् ।
फिल्मको अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा प्रदर्शन पक्का भइसकेको गौतमले बताइन् ।
तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ ।

Got Something To Say: