आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढाएको हो।

निगम सञ्चालक समिति बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

Got Something To Say: