सूचना तथा सञ्चार प्रविधी मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग

काठमाण्डाै – नेपाली काङ्ग्रेस लगायतका दलले सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सेक्युरिटी प्रेस खरिदका सम्बन्धमा भएको कमिसनको मोलमोलाइबारे तत्काल छानबिन थाल्न माग गरेका छन् ।

सेक्युरिटी प्रेस खरिदका लागि स्वीजरल्याण्डको एक कम्पनीका प्रतिनिधि विजयप्रकाश मिश्रसँग कमिसनको मोलमोलाइ गरेको सम्बन्धी अडियो रेकर्ड सहितका खबर सार्वजनिक भएपछि काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर यस बारेमा तत्काल छानबिन अघि बढाउन र मन्त्री बाँस्कोटलाई बर्खास्त गर्न माग गरेकाे हुन्।

सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु !

 

View image on Twitter
यस्तै पूर्व प्रधानमन्त्री तथा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि घटनाबारे छानबिन गर्न माग गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गरेर अरुको आङको जुम्रा हेर्नुभन्दा आफ्नै आङको भैसी हेर्ने हो कि प्रमज्यू ? भन्दै कारबाही गर्न माग गर्नुभएको छ ।

 

Got Something To Say: