शुक्रवार सुनकाे मुल्यमा गिरावट

काठमाडाै –  शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएकाे छ  । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रति तोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।  यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

Got Something To Say: