आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेको छ । र, नेपाललाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ ।

नेपाल प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा रहेको छ । उता, घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हो ।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।

२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो ।

Got Something To Say: