रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरद्वारा मुम्बई इन्डियन्स पराजीत

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ब्याङ्ग्लोरले गत वर्षको विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराउँदै प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्‍यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो ।

ब्याङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मुम्बईले ५ विकेटको क्षतिमा २ सय १ रन नै बनाएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभर खेल्ने क्रममा पहिला ब्याटिङ गरेको मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । त्यसपछि ब्याङ्ग्लोरले बिना विकेटको क्षति ११ रन जोडेपछि ब्याङ्ग्लोर विजयी बन्न पुग्यो । ब्याङ्ग्लोरका एबी डी भिलियर्स म्यान अफ द म्याच घोषित भए । ‍

यसैबीच आईपीएलअन्तर्गतको एघारौँ खेलमा आज नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध क्लब दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । शेख जायद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

Got Something To Say: