देशका ६ वटै महानगरपालिकामा एमालेले जित्छ : उपाध्यक्ष पोखरेल

काठमाडाैं- नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले देशका ६ वटै महानगरपालिकामा एमालेले जित्ने दावी गरेका छन् ।

वीरगञ्जमा  आयोजित आमसभामा बोल्दै उनले  देशभरि ६० प्रतिशत पालिकामा एमाले एक्लैले जित्ने दावी पनि गरे । राप्रपा नेपाल, लोसपासँग तालमेल भएका ठाउँमा पनि एमालेले नै जित्ने उनको भनाइ छ ।

नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको पनि उपाध्यक्ष पोखरेलकाे आरोप छ ।

Got Something To Say: