खेल खेल्दै गर्दा चट्याङ परेपछि…

काठमाडाैं –  खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय विश्वविद्यालयको अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । स्थानीय वाल्मर स्कूल र जमैका कलेजबीचको खेलका क्रममा चट्याङ परेको हो ।

विपक्षी खेलाडीको बल रोक्न मैदानमा रहेका खेलाडीहरु चट्याङ लागेपछि एकाएक मैदानमा लडेका थिए । अफिसियलहरुले उनीहरुलाई स्टेचरमा हालेर बाहिर ल्याएका थिए ।

बेलायतपछि सबैभन्दा धेरै चट्याङ पर्ने देशमा जमैका पर्दछ । तथ्याङक अनुसार जमैकामा बार्षीक ७ लाखसम्म मानिसहरु चट्याङबाट पीडित हुने गरेका छन् । यस्तै, बेलायतमा वार्षिक १० लाख जनता चट्याङका प्रभावित भेटिने गरेको तथ्याङ्क छ ।

Got Something To Say: