गायिका स्वरुपाको नयाँ गीत ‘जसलाई मैले’ बजारमा (भिडियाे)

काठमाडाैं- गायिका स्वरुपा रसाइलीको स्वरमा नयाँ गीत ‘जसलाई मैले’ सार्वजनिक गरिएकाे छ। गीतमा राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीतम सुन्न सकिन्छ।

गीतको भिडियोमा निर्देशक समन अधिकारीले बुहारी पनि छोरी जस्तै हुन् यसैले उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिएका छन्।

यो गीतको भिडियो गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ।

भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेकाे छ । भिडियोमा आफूले प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने वेदनालाई प्रस्तुत गरिएकाे छ।

गीतकाे भिडियाे

Got Something To Say: