पुष्प र प्रमिलाको अभिनयमा ‘जितेर पनि हारमा छु’ फिमेल भर्सन बजारमा (भिडियाे)

काठमाडौं – गायिका अञ्जु पन्तको आवाजमा चर्चित गीत ‘जितेर पनि हारमा छु’ बोलको गीतको फिमेल भरसन सार्वजनिक गरिएको छ । गीतमा कलाकार द्वय पुष्प खड्का र प्रमिला कार्कीको अभिनय देख्न सकिन्छ । सुरेश वाग्लेको शब्द रचना तथा हरि लम्सालको सङ्गीत रहेको गीतको अरेन्जर रहेका छन् रिकेस गुरुङ ।

हाल अमेरिका भ्रमणमा रहेकी गायिका अन्जु पन्तले अमेरिकाको बोस्टनमा रहेको ‘बाजा रेकर्डस्’मा भोकल रेकर्ड गराएकी हुन् । यस्तै गीतको फिमेल भर्सनको भिडियोलाई पनि पहिलेजस्तै शान थापाले निर्देशन र अर्जुन तिवारीको छायांकन देख्न सकिन्छ। यसअघि शिव परियारको आवाजमा सार्वजनिक मेल भर्सनमा भने कलाकार पुष्प खड्का र मरिस्का पोखरेलको अभिनय रहेको थियो ।

यसपटक पुष्प खड्कासङ्ग प्रमिला कार्कीको अभिनयले दर्शकहरूको मन जित्ने कुरामा निर्देशक शान थापा ढुक्क छन् ।

नेपाली वेबसाइटको अफिसियल यू–ट्युवमा सार्वनजनिक उक्त गीत दर्शक स्रोतामाझ निकै रुचाइएइको र, अब फिमेल भर्सनलाई पनि दर्शक स्रोताले उतिकै साथ र सपोर्ट गरिदिनुहुनेमा आफू विश्वस्त रहेको गीतका सर्जक सुरेश वाग्ले बताउँछन्।

यस गीतकाे भिडियाेमा अन्यकलाकारहरू साेनी ल्वागुन, विवेक दत्त म‌ंगेस र सुरेश वाग्लेकाे समेत अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो

Got Something To Say: