ट्रेन्डिङमा बल्छि धुर्वेकाे नयाँ टीभी सिरियल ‘जुठे’ (भिडियाे)

काठमाडाैं- हिमालय टीभीमा ‘जुठे’ नामक सिरियल प्रशारणमा आएकाे छ । बुधबारदेखि यो शो हिमालय टीभीमा प्रशारणमा आएकाे हाे । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् भने याे समाचार तयार पारुन्जेल सम्ममा भिडियाे दुइ नम्वर ट्रेन्डिङमा रहेकाे छ ।

सामाजिक बिषयवस्तुमा निर्माण गरिएको यो शोले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ । यो सामाजिक सिरियलमा हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको हो ।

यो सिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।

राजु पौडेल र मरिचमान श्रेष्ठ यो सिरियल तथा निर्देशक हुन् ।

भिडियाे

Got Something To Say: