टिजरमा हेर्नुहाेस चलचित्र ‘कबड्डी ४’ (भिडियाे)
काठमाडौं – रामबाबु गुरुङको निर्देशन रहेकाे चलचित्र ‘कबड्डी ४’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरसँगै यसको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो चलचित्र २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने टिजरमा उल्लेख गरिएको छ ।
बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
चलचित्रमा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।
(भिडियाे)
Got Something To Say:
You must be logged in to post a comment.