बिहीबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनकाे नयाँ माेडालिटीबारे छलफल!

काठमाडौं- बिहीबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बुधबार प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य विज्ञ, अर्थविद, योजना आयोगका पूर्व प्रतिनिधिहरुसँग गरेको छलफलका आधारमा लकडाउन परिमार्जनका विषयमा केही निर्णय हुनसक्ने स्राेतले बताएकाे छ।

लकडाउन परिमार्जन गर्न उच्च स्तरीय समितिले मंगलबार आर्थिक क्षेत्र र नागरिक समाजका प्रतिनिधिसँग छलफल गरेको थियो। आर्थिक गतिविधिसँगै जनजीवन सामान्य बनाउन लकडाउन परिमार्जनका विषयमा छलफल ब्यापक छलफलपछि प्रधानमन्त्री ओली लकडाउनकाे  नयाँ माेडालिटी बारे  सकारात्मक भएका थिए।

Got Something To Say: