फिल्म ‘सत्यम्’मार्फत महानायककाे ‘कम ब्याक’, खलनायकमा अनुपविक्रम

काठमाडाैं- फिल्म ‘सत्यम्-राइजिङ अफ द हिरोज’को थिमेटिक स्केच पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा राजेश हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ। फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्।

अभिनेता राजेश हमालले फिल्म ‘शकुन्तला’ पछि कुनै फिल्म खेलेका थिएनन्। ‘शकुन्तला’मा महिला बनेर अभिनय गर्दा फिल्म प्रदर्शनअघि उनले निर्वाह गर्ने भूमिकाको चर्चा भएपनि  प्रदर्शनपछि हमालले आफ्नो पुरानो क्रेज फर्काउन सकेका थिएनन् ।

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त देखिएका हमाल अब भने चलचित्र ‘सत्यम’ मार्फत् ठूलो पर्दामा कम ब्याक गर्ने तयारीमा छन्। तर, यो फिल्ममा उनले कस्तो भुमिका निर्वाह गर्नेछन् भन्ने विषाय भने  अझै खुलाइएको छैन।

‘सत्यम्’मा अभिनेता अनुप विक्रम शाही पनि अनुबन्धित भएका छन् । स्राेतका अनुसार  उनी खलनायकको रुपमा प्रस्तुत हुने छन् ।

फिल्मको शुटिङ चैतदेखि सुरु गर्ने निर्माण युनिटकाे तयारी छ ।  िफल्मलाइ पाेखरमा छाया‍ंकन गरिने छ । सामाजिक कथा वस्तुमा केन्द्रित रहेको फिल्मामा मायाप्रेमसँगै हाँस्य विधालाई पनि समावेश  गरिने छ ।

‘सत्यम्’ फिल्मलाई शंकर कार्कीले निर्देशन गर्ने छन् भने फिल्मका निर्माता र लेखक रेशम सापकोटा हुन्।

फिल्ममा कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलको संगीत रहनेछ भने, अष्ट महर्जनको एक्सन रहनेछ।

Got Something To Say: