छायांकनका लागि फ्लाेरमा पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’

काठमाडौं – अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ ।

‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ ।

प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक पौडेललको कथा तथा लगानी रहनेछ । निर्माणमा पौडेलसँग पासाङ लामाले साझेदारी गर्दैछन् ।

आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो फिल्ममा सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधीर पराजुली छन् ।

फिल्मको छायांकन नेपाल र अमेरिकाका केही शहरमा गरिने निर्माण टिमले जनाएको छ ।

Got Something To Say: