एकहप्ता सम्म खेलकुद गतिविधि नगर्न राखेपकाे निर्देशन

काठमाडौं –  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमबाट बच्न राखेपले मंगलबार एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।

यस्तै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषदले आव्हान गरेको छ ।

Got Something To Say: