बगंलादेशलाई हराउँदै नेपाल जित्याे त्रिदेशीय फुटबलको उपाधि
काठमाडाैं- नेपालले त्रिदेशीय फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २—० ले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
नेपालका लागि खेलको १८ औं मिनेटमा सञ्जोग राईले गरेको गरेका थिए । विशाल राईले ४२ औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा नै २—० को अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बंगलादेशले १ गोल फर्काएको थियो ।
दशरथ रंगशालामा सोमबार सम्पन्न त्रिदेशिय कप फुटबलमा लिग चरणमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् ।
नेपालले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि गोल गर्न सकेको थिएन् । सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध अञ्जन विष्टले गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन् ।
यसअघिका दुवै खेल नेपालले गोलरहित बराबरी खेलेको थियो। बिहीबार किर्गिस्तानसँग र शनिबार बंगलादेशसँग बराबरीखेल्दै नेपाल फाइनलमा पुगेको हो। बंगलादेशले भने किर्गिस्तानलाई १–० ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।
नेपाल र बंगलादेश २२ वर्षपछि उपाधिका लागि भिडेका हुन्। सन् १९९९ मा भएको साफको फाइनलमा बंगलादेशले नेपाललाई १–० ले निराश बनाएको थियो। २२ वर्षपछि उही रंगशालामा भएको सोमबारको भेटमा नेपालले बदला लिएको हो।
यसैबीच पूर्व कप्तान तथा डिफेन्डर बिराज महर्जनले भने बंगलादेशसँगको खेलसँगै राष्ट्रिय टिमबाट सन्यास लिएका छन्। अन्तिम मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदान छिर्दै उनले राष्ट्रिय टिमबाट अन्तिम खेल खेलेका हुन्। उनी नेपालकाे तर्फबाट अन्तिम पटक उपाधिरक्षा गर्दै सन्यास लिएका हुन् ।
Got Something To Say:
You must be logged in to post a comment.