‘नेपाल आइडल’का उत्कृष्ट ३लाई वल्र्ड टुर गराउने जिम्मा गृष्मा ब्रोडकास्टिङलाई

काठमाडौं  – ‘नेपाल आइडल सिजन ३’ का उत्कृष्ट तीनलाई विश्व भ्रमण गराउने अधिकार गृष्मा ब्रोडकास्टिङले पाएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उत्कृष्ट ३ को ग्राण्ड फिनाले पनि गृष्मा ब्रोडकास्टिङले नै गर्नेछ । गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले भने, ‘हामी अत्यन्त उत्साहित छौ कि हामी नेपाल आइडलसंग जोडिएका छौँ ।’ साथै उनले नेपाल आइडल सिजन ३ का उत्कृष्ट तीनलाई विदेशमा रहेका हरेक नेपालीमाझ पु¥याउने बताएका छन् ।
यो सम्झौतापछि एक वर्षसम्मको सम्पूर्ण दायित्व गृष्मा ब्रोडकास्टिङको हुनेछ । तेस्रो सिजनमा आइपुग्दा नेपाल आइडलको फिनालेसंगै टप ३ लाई गृष्मा ब्रोडकास्टिङलाई जिम्मा लगाउन पाउँदा आफुहरु खुशी लागेको एपीववानका जीएम लक्ष्मीप्रसाद पौडेलले बताएका छन्।

गृष्मा ब्रोडकास्टिङले नेपालमा तथा विदेशमा विभिन्न इभेन्ट गर्दै आएको छ।

Got Something To Say: