चलचित्र पत्रकार संघ नेपालद्धारा ४ पत्रकार पुरस्कृत

काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा सम्बन्धी आयोजित प्रतियोगिताका ४ जना विजेता पत्रकारहरूलाई चलचित्र पत्रकार संघ नेपालल आज पुरस्कृत गरेको छ।

आह्वान गरिए अनुसार संघमा उपलब्ध भएका मध्ये छनोट समितिले मापदण्डसहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गर्दै प्रतियोगिताका विजेताहरुलाई शनिबार संघको आफ्नो कार्यालयमा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुने पत्रकारहरू प्रथम, द्वितिय, तृतिय र चौथो क्रमशः पत्रकार ध्रुव लम्साल, विष्णु शर्मा,मनोज न्यौपाने र रीना मोक्तान छन्। उनिहरुलाई नगद सहित प्रमाणपत्र वितरण गरिएको छ। यससँगै उक्त प्रतियोगीताको छनोट समितीमा रहेका ५ पत्रकार शान्तिप्रिय, विदुर गिरी, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामीलाई स–धन्यवाद सहित प्रमाणपत्र प्रधान गरीएको छ ।

लेखरचनामा सहभागी, विजेता तथा छनौट समितिलाई बधाई र धन्यवाद व्यक्त गर्दै संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरुका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभावकारी हुनेगरि केही कार्यक्रमहरु समेत संघले आयोजना गर्ने बताए ।

Got Something To Say: