म्युजिक भिडियाे सुटिङ् युनिटकाे गाडी दुर्घटना , एककाे मृत्यु

काठमाडाैं-  म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी  धादिङको गजुरीमा दुर्घटनामा परेको हो।

सुटिङबाट काठमाडौ फर्किदै गरेको गाडीलाई भारतीय नम्बर प्लेटको एक गाडीले ठक्कर दिएपछि दुर्घटना भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए । दुर्घटनामा एक जनाको मृत्यु र बस ड्राइभर सहित दर्जन घाइते भएको अध्यक्ष लामाले जानकारी दिए । दुर्घटनामा परेका मध्य घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ।

उक्त दुर्घटनामा निर्देशक राईको बहिनी रेनुपुलुङ राईको भने घटनास्थलमै मृत्यु भएको छ । परिपुलुङ राई निर्देशक, मोडल र गीतकार पनि हुन् । उनकै नेतृत्वमा सुटिङ युनिट काठमाडौंबाट पोखरा गएको थियो। उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा रहेको लामाले जानकारी दिए ।

Got Something To Say: