‘रमाइलो जोक्स कम्पिटिशन २०२१’ सुरु, निर्णायकमा वुद्दि तामाङ
काठमाडाैं- नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’को आयोजना सुरु भएकाे छ । रिदम स्क्रिनको प्रस्तुतिमा भैरहेको यो कार्यक्रमको आयोजना अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा क्रियाशिल संगीतकर्मीहरुले गरेका हुन् ।
यो कार्यक्रममा प्रथम हुने विजेताले ३ हजार डलर, दोश्रो हुनेले २ हजार र तेश्रो हुनेले १ हजार डलर नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् । जनवरी ८ देखि फेब्रुअरी २८ सम्म प्रतियोगीतामा सहभागी हुनका लागि आवेदन दिन सकिन्छ । विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई प्रोत्साहन गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका निर्देशक कमल राइले बताए ।
Got Something To Say:
You must be logged in to post a comment.